थप समाचारआइतबार, मंसिर २१, २०७१

गाउँमै ५० हजारको कमाइ

हिमालखबर

तस्वीरहरुः सानुबाबु तिमिल्सिना

तस्वीरहरुः सानुबाबु तिमिल्सिना

दश वर्ष साउदी अरबमा पसिना बगाएका धादिङ बेनीघाट–९ सलाङघाटका २९ वर्षीय सुदर्शन त्रिपाठीलाई त्यहाँको कमाइ कहिल्यै पुग्दो भएन । विदेशीभूमिमा झेलेका दुःख, पीडा र खप्की सम्झिदा चैनको दिन आउला भन्ने कहिल्यै लागेको थिएन । परिवार, नातागोता र गाउँघरको न्यास्रो त छँदैछ । त्यसैले, उनी विदेशको कमाइ चटक्कै छाडेर एक वर्ष अघि स्वदेश नै फर्किए ।

स्वदेश फर्किदाँ उनीसँग यतै केही गर्न सकिन्छ भन्ने बलियो आत्मविश्वास भने थियो । उनले आफ्नै गाउँमा व्यवसायिक पशुपालनमा शुरु गरे ।

दर्शन एग्रिटेक फर्म शुरु गरेका उनले एक वर्षमै सफलता पाउन थालिसकेका छन् । उनीसँग अहिले तीन वटा भैंसी, नौ वटा गाई र ३० वटाभन्दा बढी बाख्रा भइसकेका छन् ।

उनले अहिले विदेशको भन्दा बढी कमाइ गर्न थालेका छन् । दैनिक ५० लिटर दुध बिक्री गर्दै आएका उनी भन्छन्, “अहिले महीनामा रु.५० हजारको हाराहारीमा कमाइरहेको छु ।”

गाउँमै ५० हजारको कमाइ

उनले आफ्नै जग्गामा भएको घाँस–परालबाट गाईभैंसीलार्य आहारा पुर्‍याउँदै आएका छन् । जग्गामा लगाएको उन्नत जातको घाँस र खेतबाट आउने परालले नपुगे केही पराल किन्नुपर्ने अवस्था रहेको उनी बताउँछन् ।

“उनले व्यवसाय बढाएर गाईभैंसी ३० सम्म पुर्‍याउँने छु,” उनी आफ्नो योजना सुनाउँछन्, “आफ्नै जग्गा जमिनमा अझै पनि पर्याप्त घाँस छ र उत्पादित दुधको बजार पनि राम्रो छ ।”

उनले आफ्नो व्यवसायका लागि परिवारबाट पनि राम्रो साथ र सहयोग राम्रो पाइरहेका छन् । उनी भाइ अर्जुन र बुबा नारायणले पनि सघाउने बताउँछन् ।

सानुबाबु तिमिल्सिना, धादिङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>