समाचारआइतबार, मंसिर २१, २०७१
कांग्रेस–एमालेले चाहे ८ माघमै संविधानः आचार्य
गणेशमान सिंह प्रतिष्ठानले २१ मंसीरमा गरेको कार्यक्रममा आचार्यले निर्धारित मितिमा संविधान नबन्दा दलहरुको प्रतिष्ठा संकटमा पर्ने भएकाले कांग्रेस एमाले संविधान निर्माणमा प्रतिबद्ध हुनुपर्ने बताए ।
कार्यक्रममा नेकपा मालेका महासचिव सीपी मैनालीले ओयोगमार्फत नेपालका १२५ जातिलाई अनुसूचीमा राखेर संविधान निर्माण गर्नुपर्ने बताए । राजा जयस्थिति मल्लले ६४ जातको स्थिति बसालेको स्मरण गर्दै उनले भने, ‘‘जातजातिलाई पहिचान दिन कांग्रेस र एमाले तयार नभएकाले संविधान बन्न सकेको छैन ।’’
