समाचारआइतबार, मंसिर २१, २०७१
आधारभूत विषयमा सहमतिः मोर्चा
मोर्चाको साझा धारणा बनाउन २१ मंसीरमा बसेको बैठकले आधारभूत विषयमा सबैको सहमति तथा समान धारणा बनाउनुपर्नेमा सत्तारुढ दललाई ध्यानाकर्षण गराएको छ । मोर्चाले एमाओवादी नेता कृष्णबहादुर महरको नेतृत्वमा साझा धारणा बनाउन कार्यदल बनाएको छ ।
मोर्चामा आवद्ध सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने, “संविधान सबैले अपनत्व महसुस गर्ने खालको बनाउन कुनै दलको घोषणापत्र जस्तो हुनुहुन्न भन्नेमा हामी केन्द्रित छौं, सोही आधारमा अवधारणा तयार हुन्छ ।”¬
मोर्चालाई सशक्त बनाउन सदन र सडकमा सहमतीय संविधान निर्माणको लागि दबाब दिने निर्णय समेत बैठकले गरेको छ ।
