समाचारआइतबार, मंसिर २१, २०७१
सभासद् खड्काको निधन
बाग्लुङ १ बाट प्रत्यक्ष निर्वाचित सभासद् खड्काको निधन भएको छ । बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत उनको २१ मंसीर साँझ निधन भएको हो ।
ग १ झ २२४ नम्बरको पिकअप जिप बाग्लुङको भकुण्डे ९ कमिरे भन्ने स्थानमा १७ मंसीरमा दुर्घटना हुँदा उनी सहित चार जना घाइते भएका थिए ।
