समाचारशुक्रबार, आश्विन २६, २०६९
नेपालसामु २४२ रनको चुनौती
२६ असोजमा आयोजक युएइले ६ विकेट क्षतिमा पूरै ओभर खेलेर २४१ रन जोड्यो । युएइका लागि सकिव अलिले सर्वाधिक अविजित १०१ रनको योगदान दिए ।
टस जितेर फिल्डिङ रोजेको नेपालका लागि शक्ति गौचनले तीन र सन्जम रेग्मीले एक विकेट लिए ।
समूह चरणको खेलमा नेपालसँग युएइ पराजित भएको थियो । नेपालले मलेसिया र युएइले अफगानिस्तानलाई सेमिफाइनलमा पराजित गरेर फाइनल प्रवेश गरेका थिए ।
