समाचारसोमबार, मंसिर २२, २०७१
राष्ट्रपति ओबामालाई नेपाल भ्रमणको निम्तो
दुई देशबीचको सुमधुर कूटनीतिक सम्बन्ध, संविधान निर्माण, नेपालमा हुन सक्ने अन्तर्राष्ट्रिय लगानी र आपसी चासोका विषयमा भेट केन्द्रित भएको थियो । भेटमा प्रधानमन्त्री कोइरालाले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई नेपाल भ्रमणको लागि औपचारिक निमन्त्रणापत्र पनि राजदूत बोडीलाई हस्तान्तरण गरे ।
प्रधानमन्त्री कोइरालाले नेपाल संविधान निर्माणको महत्वपूर्ण र निर्णायक चरणमा रहेकाले आउँदो जनवरीमा अमेरिकी राष्ट्रपतिको दक्षिण एसियाको भ्रमणमा नेपालमा पनि छोटो भ्रमण भएमा त्यसले समस्त लोकतान्त्रिक शक्तिलाई नैतिक सहयोग हुने बताए ।
