समाचारमंगलबार, मंसिर २३, २०७१
ट्रकको ठक्करबाट घाइते युवतीको निधन
स्कुटरमा तीनकुनेबाट नयाँ बानेश्वरतर्फ गइरहेकी उदयपुरकी २० वर्षीया निशा वस्नेतलाई सोही दिशामा गइरहेको ट्रकले ठक्कर दिंदा गम्भीर घाइते भएकी थिइन् । उनको २३ मंसीरमा शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको छ ।
ट्रकलाई स्कुटीले ओभरटेक गर्ने क्रममा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।
प्रत्यक्षदर्शीहरुले ट्रकको ठक्करले स्कुटरबाट लडेकी निशालाई ट्रकको अघिल्लो भागले ५० मिटरसम्म घिसारेको बताएका छन् ।
