समाचारमंगलबार, मंसिर २३, २०७१

‘मुलुकमा भ्रष्टाचार बढदै जाँदा पनि अख्तियारको ध्यान पुगेन’

हिमालखबर

koiralaभ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा २३ मंसीरमा आयोजित कार्यक्रममा उच्चपदस्थ कर्मचारीहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशील कोइरालाले तल्लो तहका कर्मचारीमा मात्रै अख्तियारले छानविन गर्दैमा भ्रष्टाचार नघट्ने बताएका छन् ।

अहिले भ्रष्टाचारी खुल्लमखुल्ला हिड्ने र सदाचारी लाजले लुकेर बस्नुपर्ने अवस्था आएको चर्चा गर्दै उनले राष्ट्रको ढुकुटी रित्तिदै जाँदा र व्यक्तिको खातामा रकम जम्मा हुँदै जाँदापनि अख्तियार, सतर्कता केन्द्र र महालेखा परीक्षकको कार्यालयले नहेरेको गुनासो गरे ।

प्रधानमन्त्री सुशील कोइरालाले भने, ‘भ्रष्टाचार बढ्दै जानु लाजमर्दो र दुःखदायी हो भन्नेकुरा मन्त्री र सम्बन्धित क्षेत्रका कर्मचारीलाई थाहा भएकै कुरा हो तर पनि अर्बाै रकमको बेरुजु आउँदा पनि केही गर्न नसक्नु देशलाई गरिवीतिर धकेल्नु हो ।”

तल्ला तहका कर्मचारीलाई मात्र अख्तियार लागेर भएन भन्दै प्रधानमन्त्री कोइरालाले माथिल्लो तहका कर्मचारीलाई पनि भ्रष्टाचारका घटनामा छानविन गर्नुपर्ने बताए । उनले भने, “अन्यथा मिलोमतोमा भ्रष्टाचारका काम नरोकिए अर्को वर्ष पनि नेपाल भ्रष्टाचारको सूचिमा माथि उक्लिन्छ । ”

स्थानीय निकाय जनप्रतिनिधिविहीन भएका कारण अर्बाै रकम दुरुपयोग हुँदा पनि कसैको पनि चासो बढेको छैन भन्दै प्रधानमन्त्री कोइरालाले बगेर खेर गएको पानी उपयोगका लागि लगानीकर्ता तयार भएको अवस्थामा पनि भ्रष्टाचारकै लागि काम लम्व्याउने खेल भएको उल्लेख गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल च्याप्टरका उपाध्यक्ष गिता केशरीले भ्रष्टाचारमा राजनीतिक क्षेत्रपनि मुछिएको आरोप लगाएकी थिइन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>