समाचारबिहीबार, मंसिर २५, २०७१

कांग्रेस बैठकः ‘कार्बाही सिफारिसमा परेकी सुजाता कसरी फस्ट लेडी बनिन् ?’

हिमालखबर

प्रधानमन्त्री निवास वालुवाटारमा २५ मंसीरमा बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्ने नेताहरुले पार्टी नेतृत्वको आलोचना गरेका छन् । उनीहरुले सरकारको कामकारवाही, नयाँ संविधानका विषयवस्तुदेखि सार्क सम्मेलनमा सुजता कोइरालालाई फस्ट लेडी बनाइएकोबारे समेत आलोचना गरेका थिए ।

नयाँ संविधानको विषयवस्तुमाथि केन्द्रीय नेताहरुले धारणा राख्ने क्रममा पार्टी नेतृत्वले आफुखुशी एमालेसँग साझा धारणाबारे बनाएको भन्दै आलोचना भएको केन्द्रीय सदस्य धनराज गुरुङले बताए । केन्द्रीय सदस्य भिष्मराज आङ्दम्बेले पार्टी सभापतिमाथि नै कार्बाही हुनुपर्ने बताएका थिए ।

उनले अनुशासन आयोगले कार्बाहीका लागि सिफारिस गरेको सुजाता कोइरालालाई सार्क सम्मेलनमा फस्ट लेडी बनाइएकाले सभापतिमाथि पनि कार्बाही हुनुपर्ने माग राखेका थिए । नयाँ संविधानको विषयवस्तु, पार्टी क्रियाशील सदस्यता नविकरणलगायतबारे निर्णय लिन बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।

वक्ताहरुले बोल्ने क्रम नसकिएपछि २६ मंसीरसम्मलाई बैठक स्थगित गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>