समाचारबिहीबार, मंसिर २५, २०७१
बिप्पा गर्न चीनलाई औपचारिक प्रस्ताव
नेपाल सरकारले परराष्ट्रमन्त्रालय मार्फत् २५ मंसीरमा चीन सरकारलाई बिप्पा सम्झौताका लागि पत्राचार गरेको छ ।
चीन सरकारले २०६८ मंसीरमा बिप्पा गर्न नेपालका लागि प्रारम्भिक मस्यौदा पठाएको थियो । उद्योग मन्त्रालयका सहसचिव महेश्वर न्यौपानेका अनुसार चीन सरकारले पठाएको सो मस्यौदामा विभिन्न मन्त्रालयबीच आन्तरिक छलफल गरेर आवश्यक परिमार्जनसहित चीनलाई फिर्ता पठाइएको छ ।
“भारतसँग गरिएको विप्पाकै मोडेलमा चीन सरकारलाई मस्यौदा फिर्ता पठाएका छौं, उनीहरुको प्रतिक्रियापछि बिप्पाको प्रकृया अघि बढ्छ,”– सहसचिव न्यौपानेले भने ।
यसअघि नेपालले वेलायत, फिनल्याण्ड, मोरिसस, भारत लगायत ६ वटा देशसँग द्विपक्षीय व्यापार सम्झौता (विप्पा) गरिसकेको छ ।
