समाचारबिहीबार, मंसिर २५, २०७१

पैसाले प्रहरीलाई बर्बाद बनायोः प्रधानमन्त्री

हिमालखबर

प्रहरी प्रधान कार्यालय नक्सालमा २५ मंसीरबाट शुरु भएको बरिष्ठ प्रहरी अधिकृतहरुको सम्मेलनमा प्रधानमन्त्री कोइरालाले बढुवाका लागि पैसा चाहिने विषय सार्वजनिक हुँदै आएकाले प्रहरी बर्बाद बनाएको बताए । उनले भने, ‘‘पैसाले बर्बाद गर्न थाल्यो, प्रहरी प्रशासनमा बढुवाका लागि पनि पैसा चाहिने भन्ने विषय सार्वजनिक हुँदै आएका छन्, यसले गर्दा प्रहरी सेवाको मूल्य मान्यता हराउँदै गयो भन्ने गुनासो छ ।’’

प्रधानमन्त्री कोइरालाले क्षमता भन्दा बढी यात्री बोक्ने गाडीलाई कडा कार्बाही गर्न प्रहरीलाई निर्देशन दिए । उनले भने, ‘‘पछिल्लो समय मुलुकमा बढिरहेको सडक दुर्घटनालाई न्यून गर्न क्षमताभन्दा बढी यात्री बोक्नेमाथि कडा कार्बाही गर्नुहोस् ।’’ रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>