थप समाचारशुक्रबार, मंसिर २६, २०७१
नयाँ नियमावलीः मापसे गरेर सवारी चलाउँदा अनुमतिपत्र रद्द हुने
मन्त्रिपरिषदले २५ मंसीरमा पारित गरेको नयाँ नियमावली अनुसार सवारी चालक अनुमति पत्र लिनका लागि निम्न बमोजिमको व्यवस्था गरिएको छ ।
१. कम्तिमा १० कक्षा पास हुनु पर्ने
२. सार्वजनिक सवारी साधन चलाउनेका हकमा ठूला र मझौला सवारी साधन चलाउने अनुमति पत्र लिन २५ वर्ष पूरा भएको हुनु पर्ने
३. सार्वजनिक साना सवारी साधन चालक अनुमतिपत्र लिन २३ वर्ष उमेर पुगेको हुनुपर्ने ।
४. ठूला र लामो रुटका गाडी चलाउन कम्तिमा २ वर्षको अनुभव हुनुपर्ने । साना सवारी साधन चलाएको दुई वर्षपछि मात्रै ठूला
सवारी साधन चलाउने अनुमतिपत्र लिन पाइने ।
५. सवारी चालक अनुमतिपत्र नविकरण गर्ने अन्तिम उमेर ५९ वर्ष सम्म मात्र ।
६. निजी र सार्वजनिक सवारी साधनको चालक अनुमतिपत्रका लागि बेग्ला बेग्लै (गैर व्यवसायिक र व्यवसायिक ) परीक्षाको व्यवस्था ।
७. सार्वजनिक यातायात चलाउनका लागि दिने ट्रायल परीक्षामा तीन किलोमिटरसम्म गाडी चलाएर परीक्षा लिइने ।
सार्वजनिक यातायातलाई सुरक्षित र व्यवस्थित गर्न बनेको नियमावलीमा निम्न बमोजिमको अवस्थामा सवारी चालक अनुमतिपत्र रद्द हुने व्यवस्था गरेको छ ।
१. तोकिएभन्दा बढी यात्रु राखेर सवारी सञ्चालन गरेमा
२. मालवाहक सार्वजनिक सवारी साधनमा तोकिएभन्दा बढी तौलको मालवस्तु राखेर सवारी साधन चलाएमा
३. मादक पदार्थ वा कानूनले निषेध गरेको लागु औषधको प्रयोग गरी सवारी साधन चलाएमा
४. चालक अनुमतिपत्र अरुलाई प्रयोग गर्न दिएमा
५. अर्को सवारी साधनमा चढ्न लागेका वा चढ्ने तयारीमा रहेकालाई हस्तक्षेप गरेमा
६.सवारी चलाउँदा मोबाइल फोनको प्रयोग गरेमा
७. तोकिएकै समयमा वा नतोकिए पनि उपयुक्त समयमा यात्रा नटुंगिने गरी ढिलाइ गरेमा वा समयमा वा समयमा यात्रा टुंग्याउन
लापरबाही गरेमा
८. जाँच नभएको सार्वजनिक सवारी चलाएमा
९. रुट इजाजत नभएको ठाउँमा यात्रु वा मालवस्तु ओसारपसार गर्न सवारी साधन सञ्चालन गरेमा
१० सार्वजनिक सवारी साधनमा चाहिने ब्लुबुक, चालक अनुमतिपत्र, बिमा र सवारी जाँचको प्रमाणपत्र साथमा नराखी सवारी साधन चलाएमा ।
