समाचारशुक्रबार, मंसिर २६, २०७१
चन्द अलग्गिंदा पार्टीलाई असरः गजुरेल
नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले पार्टीबाट नेत्रविक्रम चन्द समूह अलग्गिएपछि कार्यकर्तामा मनोवैज्ञानिक असर परेको बताएका हुन् । २६ मंसीरमा धनकुटामा आयोजित पत्रकार सम्मेलनमा उनले चन्द छुट्टिएर जाँदा पार्टीलाई अन्य क्षति भने नपुगेको दाबी गरे ।
“उनीहरु छुट्टिएर जाँदा संख्यात्मक रुपमा पार्टीलाई खासै फरक परेको छैन,” उनले भने, “मनौवैज्ञानिक रुपमा कार्यकर्तामा भने असर देखिएको छ ।”
उनले अहिलेकै अवस्थामा संविधान जारी गरिए देशमा द्वन्द्व निम्तिने भएकाले संविधानसभा विघटन गर्नुपर्नेमा जोड दिए । “यो संविधानसभाले अग्रगामी संविधान ल्याउन सक्दैन, त्यसैले बिघटन गर्नुपर्छ,” उनले भने ।
उनले तत्काल राष्ट्रिय एकताको सरकार गठन गर्नुपर्ने भन्दै थपे, “देशलाई निकास दिनका लागि राष्ट्रिय एकताको सरकार गठन गर्नुपर्छ ।”
सन्तोष रुचाल, धनकुटा
