समाचारआइतबार, मंसिर २८, २०७१

थापाको कोइरालासँग गुनासो, ‘संविधान निर्माणमा सहभागी गराइएन’

हिमालखबर

kamal_thapaराप्रपा नेपालका अध्यक्ष कमल थापाले २८ मंसीर बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइरालालाई भेटेर आफ्नो दललाई ठूला दलहरुले निषेध गरेको भन्दै गुनासो गरेका छन् ।

भेटमा संविधान निर्माणबारेसमेत कुरा भएको र प्रधानमन्त्री कोइरालाले सकेसम्म सहमतिका आधारमा र नभए प्रक्रियामा गएर भए पनि आगामी ८ माघभित्र संविधान बन्ने दृढता व्यक्त गरेको अध्यक्ष थापाले सञ्चारकर्मीलाई बताए ।

बेलायती राजदूतको अभिव्यक्तिप्रति आपत्ति

अध्यक्ष थापाले २७ पुसमा मनाइने पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वका रुपमा मनाइनुपर्ने र नेपाली कागजी नोटमा पृथ्वीनारायण शाहको तस्वीर राख्नुपर्ने मागसहितको ज्ञापनपत्रसमेत बुझाएका छन् ।

उनले केही दिनअघि संयुक्त अधिराज्य बेलायतका नेपालस्थित राजदूत एन्ड्रु जेम्स स्पार्कस्ले धर्म परिवर्तन गर्न र गराउन पाउनुपर्ने अधिकार संविधानमा सुनिश्चित हुनुपर्ने भनी सार्वजनिक रुपमा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण गराउँदा प्रधानमन्त्रीले त्यसबारेमा परराष्ट्र मन्त्रालयमार्फत आधिकारिक जानकारी लिने आश्वासन दिएको पनि उनले जनकारी गराए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>