समाचारआइतबार, मंसिर २८, २०७१
कांग्रेस संविधानका अन्तरवस्तुमा लचिलो हुने
प्रधानमन्त्री निवास बालुवाटारमा २८ मंसीरमा बसेको संसदीय दलको बैठकमा संविधानका मुख्य विवादित विषयमा सहमति जुटाउन कुन–कुन विषयमा कति हदसम्म लचिलो हुने भन्ने सम्बन्धमा सभासद्हरुले आ–आफ्ना धारणा राखेको प्रमुख सचेतक चीनकाजी श्रेष्ठले बताए ।
बैठकमा संविधानसभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले संविधानका विवादित विषयमा प्राप्त प्रस्तावमा सहमति पनि जुटाउन नसकेको र प्रश्नावली पनि नबनाई संविधानसभामा पेस गरेपछिको परिस्थितिमाथि छलफल भएको प्रमुख सचेतक श्रेष्ठले बताए ।
सभासद् एवम् केन्द्रीय सदस्यहरुले निर्धारित मितिमै संविधान जारी गर्न संविधानसभासम्बन्धी नियमावली र संविधानसभाले संविधान निर्माणका लागि पारित गरेको कार्यतालिकालाई संशोधन गरेर भए पनि निर्णयमा पुग्नुपर्ने सुझाव दिनुभएको थियो ।
