समाचारआइतबार, मंसिर २८, २०७१

अल्पविकसित मुलुकको मन्त्रिस्तरीय बैठक काठमाडौंमा

हिमालखबर

आगामी १–३ पुसमा हुने बैठकमा एसिया–प्रशान्त क्षेत्रका अल्पविकसित मुलुकहरूलाई विकासशील देशमा स्तरोन्नतिको प्रक्रियामा पु¥याउने तथा उक्त प्रक्रियालाई सम्बन्धित राष्ट्रका सुदृढ राष्ट्रिय रणनीतिका माध्यमबाट भरथेग गर्ने, स्तरोन्नतिलाई विकास सहायता रणनीतिको मूल प्रवाहीकरणबारे छलफल हुनेछ ।

सन् २०११ मा टर्कीको इस्तानबुलमा सम्पन्न राष्ट्रसंघीय सम्मेलनले अनुमोदन गरेको इस्तानबुल कार्ययोजनामा अल्पविकसित मुलुकको गरिबी निवारण तथा तिनको समग्र विकासका संरचनागत समस्या सम्बोधन गर्ने गर्दै सन् २०२० सम्ममा अल्पविकसित मुलुकहरूको सूचीबाट उठाउनेजस्ता अति महत्वपूर्ण लक्ष्य निर्धारण गरिएको थियो ।

अल्प विकसित मुलुकहरूको सामाजिक–आर्थिक विकासका लागि अन्तर्राष्ट्रिय समुदायले एकीकृत एवम् समन्वयात्मक रूपमा सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि इस्तानबुल सम्मेलनमा व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>