समाचारआइतबार, मंसिर २८, २०७१
यस्तो बन्ने भो एमाले पोलिट्ब्यूरो
गत साउनमा सम्पन्न निर्वाचनबाट निर्वाचित केन्द्रिय कमिटी सदस्यकै अनुपातमा भागबन्डामा एमालेले पोलिट्ब्यूरो बनाउने भएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीच ५४ः४६ प्रतिशतको अनुपातमा पोलिट्ब्यूरोमा भागबन्डा हुने भएको छ ।
जस अनुसार ओली पक्षबाट १७ पूर्ण र ९ वैकल्पिक सदस्य तथा नेपाल पक्षबाट १३ पूर्ण र ६ जना वैकल्पिक पोलिट्ब्यूरो सदस्य हुने भएको छ । भागबन्डा मिलेपछि अव ओली र नेपालले नाम पठाएर पोलिट्ब्यूरो कमिटी चयन हुने एमाले स्रोतले जनाएको छ ।
एमालेमा पदाधिकारी र स्थायी कमिटीमा रहेकाहरु स्वत पाेलिट्ब्युराे हुन्छन् । १४ जना पदाधिकारी, बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र मुकुन्द न्याैपानेगरी अव एमालेमा ६२ सदस्यीय पाेलिट्ब्यूराे हुने भएकाे छ । पाेलिटब्यूराे सदस्यकाे नाम अध्यक्ष अाेलीले २८ मंसीरमै केन्द्रिय कमिटीमा पेश गर्ने भएका छन् ।
