समाचारआइतबार, मंसिर २८, २०७१
एमाले पोलिट्ब्यूरोमा सर्वसम्मतीले निर्वाचित हुनेहरू
सहमतिपछि निर्वाचित हुनेमा प्रदीप नेपाल, मुकुन्द न्यौपाने, महेन्द्र पाण्डे, छविलाल विश्वकर्मा, थममाया थापा, शंकर पोखरेल, काशिनाथ अधिकारी, अग्नी खरेल, किरण गुरुङ, भानुभक्त ढकाल, रामनाथ ढकाल, सत्यनारायण मण्डल, राधा ज्ञवाली, यमलाल कँडेल, रामप्रित पासवान, सत्रुघन महत, विजय पौडेल पोलिट्ब्यूरो सदस्य बनेका छन् ।
यस्तै, लालबाबु पण्डित, नागेन्द्र चौधरी, पशुपति चौलागाई, गंगालाल तुलाधर, रघुजी पन्त, बेदूराम भूसाल, सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डे, श्रीमाया थकाली, प्रकाश ज्वाला, अरुण नेपाल, कर्ण थापा, गोरखबहादुर बोगटी, गौरा प्रसाई, जगत विश्वकर्मा, जगन्नाथ खतिवडा, दलबहादुर राना, वंशीधर मिश्र, युवराज कार्की, योगनारायण याद, सत्रुघन महतो, शेरधन राई र सानकुमार श्रेष्ठ पोलिट्ब्यूरो सदस्य बनेको केन्द्रिय सदस्य सुर्य थापाले बताए ।
उनका अनुसार अघिल्लो पटकका पोलिट्ब्यूरोलाई निरन्तरता दिदै नयाँ चयन भएको छ । यसबाहेक पदाधिकारी, बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल स्वत पाेलिट्ब्यूराे सदस्य हुन्छन् ।
