समाचारसोमबार, मंसिर २९, २०७१

विवादित विषय फेरि सम्वाद समितिमै फर्काउन एमाओवादीको आग्रह

हिमालखबर

एमाओवादी संसदीय दलको २९ मंसीरमा बसेको बैठकले सहमतीय संविधान निर्माणका लागि संविधानसभामा पुगेको विवादित विषय पुनः सम्वाद समितिमै फर्काउनुपर्ने निष्कर्ष निकालेको छ ।

दलहरूबीच भएको १२ बुँदे सहमति अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता र विभिन्न पक्षसँग भएको सहमति तथा सम्झौता नयाँ संविधानको आधार भएकाले सहमति नै उपयुक्त विकल्प भएको ठहर गरेको छ ।

संविधानका विवादित विषयमा सहमति जुटाउन प्रतिवेदनलाई संवाद समितिमै फर्काउनुपर्ने निष्कर्ष निकाल्दै बैठकले बहुमतीय प्रक्रियाबाट लेखिने संविधान अस्वीकार गर्ने निर्णय गरेको एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले बताए । सङ्ख्याका आधारमा शान्ति सम्झौताका पक्षधरलाई पेलेर संविधान जारी गरिए त्यसको सशक्त प्रतिरोध गर्ने निर्णयसमेत बैठकले गरेको उनको भनाई थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>