थप समाचारमंगलबार, पौष १, २०७१
‘एन्टिवायोटिकको प्रयोग घटाउन राजनीतिक प्रतिबद्धता आवश्यक’
राजधानीमा आयोजित नेपालमा एन्टिवायोटिक प्रयोगको अवस्था र सुझाव विषयक अन्तरक्रियाका सहभागीहरूले एन्टिवायोटिकको प्रयोग घटाउन सुझव दिएका हुन । नेपाल जनस्वास्थ्य प्रतिष्ठानले ग्लोबल एन्टिवायोटीक्स रेसिस्टेन्स पाटर्नरसीप(गार्प) र सेन्टर फर डिजिज डायनामिक्स, इकोनोमिक्स एण्ड पोलिसी(सिडिडिईपी)को सहकार्यमा आयोजना गरेको कार्यक्रममा प्रस्तुत कार्यपत्रहरूले एन्टिवायोटीक्सको प्रयोग बढ्दै गएको देखाएका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै स्वास्थ्य मन्त्री खगराज अधिकारीले एन्टिवायोटिक प्रयोगको भयावहस्थिति रोक्न आफूले पहल गर्ने बताए । एन्टिवायोटिकले जनस्वास्थ्यमा नकारात्मक प्रभाव पारेको मन्त्री अधिकारीको भनाई थियो ।
गार्प नेपालका कार्यक्रम निर्देशक तथा मुख्य अनुसन्धानकर्ता डा. समिरमणि दीक्षित र गार्पका कन्ट्री कोअर्डिनेटर सन्तोषी गिरीले ‘सिच्युसन एनालाईसिस एण्ड रिकमेन्डेसनः एन्टिवायोटिक युज एण्ड रेसिटेन्स इन नेपाल’ शीर्षकको कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रको सुझाव छ, ‘एन्टिवायोटिकको थ्रेट घटाउन राजनीतिक प्रतिबद्धता पालना गर ।’
औषधीमा भईरहेको एन्टिवायोटिकको अनावश्यक प्रयोगको विषयमा डा. अभिलाषा कार्कीले तथा ‘एन्टिमाईक्रोबायल युज प्याटर्न इन लाईभस्टक प्रोडक्सन इन नेपाल’ शीर्षकमा डा. शारदा थपलियाले कार्यपत्र प्रस्तुत गरेकी थिइन । गार्प नेपालका अध्यक्ष डा. बुद्ध बस्न्यातको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विश्व स्वास्थ्य संगठका नेपाल प्रतिनिधि डा. फ्र्यान्क पलिन, सिडडिईपीका हेलेन जेरबान्ड, डा. तीर्था राणा, डा. पारस पोखरेल, डा. अर्जुन कार्की, डा. हिमाङ्गमणि दीक्षित, डा. विपी दास, डा. जयनारायण शाह लगायतले एन्टिवायोटिक प्रयोगमा न्यूनीकरण गर्नुपर्नेमा जोेड दिएका थिए ।
