समाचारमंगलबार, पौष १, २०७१

पाकिस्तानः आतंकवादी आक्रमण, कम्तिमा १०० विद्यार्थीको मृत्यु

हिमालखबर

स्कुले नानीहरुको उद्धार गर्दै सेना ।

स्कुले नानीहरुको उद्धार गर्दै सेना ।

पाकिस्तानको खैबर पख्तुन प्रान्तको सेनाद्वारा सञ्चालित आर्मी पब्लिक स्कुलमा तालिबानी आतंकवादीले गरेको गोली प्रहार र विष्फोटनमा परी १०० विद्यार्थीसहित अध्यापक र सुरक्षाकर्मीको मृत्यु भएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

‘द एक्सप्रेस ट्रिब्युन’ का अनुसार  सेनाको वर्दी लगाएका करिब १० आतंकवादी विद्यालयमा प्रवेश गरेर अन्धाधुन्ध गोली चलाउनुका साथै बम विष्फोट गराएका थिए ।

KPKखैबर पख्तुन प्रान्तका मुख्यमन्त्री परवेज खट्टकले स्थानीय अस्पतालहरुमा पुर्‍याइएका मृतकको संख्या १०४ पुगिसकेको बताएका छन् ।

अहिले विद्यालयबाट अधिकांश विद्यार्थीहरु बाहिर आएको तर सुरक्षाकर्मी र आतंकवादीबीच झडप भइरहेको बीबीसीले उल्लेख गरेको छ ।

तालिबानी प्रवक्ता ओमार खोरासानीले सञ्चारमाधयमलाई फोन गरेर आक्रमणको जिम्मेवारी लिएका छन् ।

उनले वजिरिस्तान र खैबर पख्तुन ख्वाहमा तालिवानीविरुद्ध सरकारी सेनाले गरेको कारवाहीको बदलामा विद्यालयमा आक्रमण गरेको बताएको बीबीसीले जनाएको छ ।

सेनाको अभियानमा सयौं तालिबानीहरु मारिएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>