समाचारमंगलबार, पौष १, २०७१
सुकुम्बासी आयोगको काम तत्काल रोकः सर्वोच्च
सर्वोच्च अदालतले यथास्थितिमा सुकुम्बासी समस्या समाधान आयोगको कामकारबाही रोक्न अन्तरिम आदेश जारी गरेको हो । न्यायाधीश दीपकराज जोशी र चोलेन्द्रशमशेर जबराको इजलासले १ पुसमा आयोगले अहिलेसम्म गरिरहेको सम्पूर्ण काम रोक्न आदेश दिएको सर्वोच्चका सहप्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।
सर्वोच्चले आयोग गठनप्रति नै प्रश्नचिन्ह उठेको ठहर गरेको छ । ‘स्पष्ट कानून बिना नै आयोग गठन गरिनुले प्रश्न चिन्ह उठेकाले कामकारबाही रोक्न’ आदेशमा भनिएको सहप्रवक्ता दाहालले बताए ।
आयोग गठनको वैधानिकता नदेखिएको भन्दै २० मंसीरमा सर्वोच्चमा रिट दायर भएको थियो ।
