समाचारमंगलबार, पौष १, २०७१
संविधानसभा बैठकः ‘सत्तारुढ दलको दोहोरो चरित्र’
१ पुसको दोस्रो दिनको छलफलमा सभासदहरुले आफ्नै दलको अडान अनुसार धारणा राखिरहेका छन् । कांग्रेसका सभास नरहरी आचार्यले ८ माघ सवैको संकल्प भएकाले सहमतिमै संविधान निर्माणमा जोड दिनुपर्ने बताए ।
एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले सहमति नभए बहुमतबाट भएपनि संविधान जारी गर्नुपर्ने बताए । एमाओवादी नेता हरिबोल गजुरेलले सत्ता पक्षले सहमति गर्ने भन्ने तर प्रकृयामा जान खोज्ने दोहोरो चरित्र भएको बताए ।
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नयाँ संविधानका लेखनका लागि अहिले नै सहमतिका प्रयास अन्त्य नभइसकेको बताउँदै सबै दलले दिएका सुझावलाई समितिमा नै छलफल गर्नुपर्ने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका दिलनाथ गिरीले गणतन्त्र, धर्मनिरपेक्षता र राजतन्त्रका विषयमा जनमतसङ्ग्रह र अन्य विषयमा दुई तिहाई बहुमतद्वारा टुङ्गो लगाउनुपर्ने बताए ।
