समाचारबुधबार, पौष २, २०७१

संविधान बनाउन दुई तिहाई बढी संख्या हामीसँग छ, बनाउँछौं: अाेली

हिमालखबर

kp-sharma-oliचौथो पूर्ण केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्न २ पुसमा पार्टी मुख्यालय बल्खुमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केपी ओलीले एमाले सहमतिकै संविधानको पक्षमा रहेको बताए । उनले भने, ‘‘हामी सहमतिमै संविधान जारी गर्ने पक्षमा छौं, तर सहमति जुट्न नसके बहुमतले संविधान जारी गर्छाैं ।’’

एमाओवादी अनुचित अडान लिएर सहमतिमा संविधान बन्न नदिनेतिर लागेको भन्दै उनले त्यस्तो अवस्थामा दुई तिहाईबाट संविधान जारी गर्ने बताए । ओलीले भने, ‘‘जिन्दगीभर सहमति नगर्ने कसम खाएर बसेकाहरुका अगाडि बहुमतबाट संविधान बनाउनुको विकल्पै छैन ।’’

६०१ सभासदको पूर्ण सहमति नजुट्ने भएकाले प्रकृयामा जानैपर्ने अवस्था रहेको उनको भनाई थियो ।

‘प्रधानमन्त्री बन्न उमेर पुगेका एमालेमा धेरै छन्’

अध्यक्ष ओलीले कांग्रेस र एमालेले राष्ट्रिय सरकार बनाएर संविधान जारी गर्ने पक्षमा रहेपनि अव समय सकिनै लागेको बताए । सञ्चार माध्यममा आएजस्तो सरकार बनाउने खेलमा आफू नरहेको  उनले बताए । बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालतिर देखाउँदै ओलीले भने, ‘‘प्रधानमनत्री बन्न एमालेमा उमेर पुगेका धेरै छन्, तर अहिले सरकार परिवर्तनतिर लाग्ने बेला होइन ।’’

ओलीले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई राष्ट्रपतिको प्रस्ताव नराखेको पनि स्पष्ट पारे  । २९ पुसको एमाओवादी केन्द्रीय कमिटी बैठकमा दाहालले ओलीले आफूलाई राष्ट्रपति बन्न प्रस्ताव गरेको दाबी गरेका थिए ।

अतिवादी तत्वबाट संविधान निर्माण जोगाऔंः खनाल

JN_khanalओलीले अहिले उग्रबामपन्थी र दक्षिणपन्थी अतिवादी तत्वहरु सल्बलाउन थालेकाले ८ माघमै संविधान जारी गर्नुपर्ने बताए ।

उनले अतिवादी तत्वहरुबाट संविधान निर्माण कार्य प्रकृया अवरुद्ध हुन नदिन एमाले प्रतिबद्ध रहेको बताए ।

 

देखाउन मात्रै एमाले एक भएको होइनः नेपाल

राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका एमालेको भएकाले एमाले मन, वचन र कर्मले एकताबद्ध भएर अघि बढ्ने नेता madhab nepalमाधवकुमार नेपालले बताए ।

उनले भने, ‘‘देखाउन मात्रै नभई विधि र समझदारीका हिसाबले एमाले एतकताबद्ध भएको छ ।’’

सहमतिमा स्थायी कमिटी र पाेलिटब्यूराे चयन गरेकाे एमालेले १० दिनभित्र विभागीय र अन्य जिम्मेवारी बाँडफाँड गर्ने भएकाे छ । जिम्मेवारी बाँडफाँड स्थायी कमिटीले गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएकाे छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>