समाचारबुधबार, पौष २, २०७१
राष्ट्रपतिको सक्रियता
पछिल्लो समय दलका नेताहरुसँगको भेटवार्तालाई तीब्र बनाएका राष्ट्रपति रामवरण यादवले २ पुसमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटघाट गरेका छन् । राष्ट्रपति यादवले दाहाललाई यसै साता शीतलनिवासमा बोलाएको यो दोस्रो पटक हो ।
भेटमा मुख्यतः संविधान लेखनमा दलहरुबीच भइरहेका प्रयासबारे कुराकानी भएको दाहालले बताए ।
यसअघि एमाले अध्यक्ष केपी शर्मा अाेली र बरिष्ठ नेता झलनाथ खनाललाई भेटिसकेका राष्ट्रपतिले २ पुस साँझ प्रमुख चार दलका शीर्ष नेताहरुलाई शीतलनिवास बोलाएका छन् ।
