समाचारबिहीबार, पौष ३, २०७१
जनकपुरमा यातायात ठप्प
सरकारले ल्याएको नयाँ नियमावलीको विरोधमा यातायात मजदुरले जनकपुरमा २ पुषदेखि गरेको चक्काजामका कारण जनकपुरबाट चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेको छैन ।
नेपाल यातायात मजदुर सङ्गठन जनकपुर अञ्चल इन्चार्ज पशुपति रेग्मीका अनुसार केन्द्रीय समितिबाट कुनै आधिकारिक जानकारी प्राप्त नहुञ्जेलसम्म चक्काजाम यथावत् रहने छ ।
