समाचारबिहीबार, पौष ३, २०७१
संविधानसभाद्वारा शोक प्रस्ताव पारित
संविधानसभाको आजको बैठकले पाकिस्तानको पेशावरस्थित सैनिक विद्यालयमा १ पुसमा भएको आतङ्ककारी आक्रमणको निन्दा गर्दै उक्त घटनाको भर्त्सना गरेको छ ।
सभाध्यक्ष सुवास नेम्बाङले ‘नेपाली जनता जहिले र जहाँ पनि हुने आतङ्कवादी क्रियाकलापको विरुद्धमा छन् र त्यस्तो कायरतापूर्ण गतिविधिको निन्दा गर्छन’ भन्दै प्रस्तुत गरेको शोक प्रस्ताव सभाले सर्वसम्मतिले स्वीकृत ग¥यो ।
बैठकले आक्रमणमा परी दिवङ्गत भएकाहरूको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति सहानुभूति एवम् समवेदना व्यक्त गरेको छ ।
बैठकले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । “दुःखको यो घडीमा पाकिस्तानी जनतामा धैर्य गर्ने शक्ति प्राप्त होस्” भन्ने कामना पनि शोक प्रस्तावमा गरिएको छ ।
रासस
