समाचारबिहीबार, पौष ३, २०७१

मन्त्रिपरिषद् हेरफेर हुने संकेत

हिमालखबर

प्रधानमन्त्री सुशील कोइरालाले नयाँ संविधानका अन्तरवस्तुमा दलहरू सहमतिको अन्तिम चरणमा पुगेको बताएका छन् ।

३ पुसको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कोइरालाले सहमतिमा संविधान जारी गर्न मन्त्रिपरिषद हेरफेर हुन सक्ने संकेत पनि दिएका छन् । बैठकको शुरुमै उनले यो सरकार संविधान निर्माणका लागि सहजीकरण गर्न गठन भएकाले राष्ट्रिय सरकार निर्माण गर्न दलहरुबीच सहमति जुट्दै गएको बताएका थिए ।

प्रधानमन्त्री कोइरालालाई उदृत गर्दै उद्योगमन्त्री महेश बस्नेतले भने, ‘‘३/४ दिनभित्रै दलहरुबीच सहमति कायम हुनसक्छ, त्यसका लागि राष्ट्रिय सरकार बनाउने सहमति सकारात्मक गतिमा बढेको छ ।’’ सहमतिमै संविधान निर्माण गर्न सवै दललाई समेटेर जानुपर्ने भएकाले संवेदनशील भएर अभिव्यक्ति दिन मन्त्रीहरुलाई कोइरालाले निर्देशन दिएका छन् ।

प्रधानमन्त्री कोइरालाले मन्त्रिहरुलाई ८ माघमा संविधान बन्ने वाताबरण सृजना हुनेगरी मात्रै अभिव्यक्ति दिन निर्देशन दिएका थिए । यसअघि, प्रधानमन्त्री कोइरालाले एमाओवादी अध्यक्ष दाहाललाई भेटेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>