समाचारशुक्रबार, पौष ४, २०७१

ऐनलाई सुधार गरेर मात्र आयोग गठन गरः नेपाल बार

हिमालखबर

सत्य निरुपण तथा मेलमिलाप एवम् बेपत्ता छानबिनसम्बन्धी आयोग गठन गर्नुअघि यससम्बन्धी ऐनमा रहेका प्रावधानलाई सच्याउन नेपाल वार एसोेसिएसनले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई ध्यानाकर्षण गराएको छ ।

४ पुषमा संविधानसभा भवन नयाँबानेश्वरमा एसोसिएसनका पदाधिकारीले अध्यक्ष नेम्वाङलाई भेट गरी ऐनलाई सच्याएर मात्र आयोग गठन गर्न माग गरेका छन् ।

ऐनमा अन्तर्राष्ट्रिय अदालतले समेत क्षम्य नदिने जघन्य र गम्भीर अपराधलाई उन्मुक्ति दिने खालका प्रावधान राखिएकाले यसलाई सच्याउन प्रतिनिधि मण्डलले माग गरेको थियो ।

सो अवसरमा एसोसिएसनका अध्यक्ष हरिकृष्ण कार्कीले ऐनलाई सुधार गरेर मात्र आयोग गठन गर्न आग्रह गर्दै सुधार गर्नुपर्ने पक्षमाथि तयार गरिएको बुँदा अध्यक्ष नेम्वाङलाई हस्तान्तरण गरे ।

अध्यक्ष नेम्वाङले आफूलाई जानकारी गराइएको ध्यानाकर्षणका बारेमा सम्बन्धित पक्षसँग जानकारी लिने बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>