समाचारशुक्रबार, पौष ४, २०७१
अब प्रक्रियामा जानैपर्छः नेता खनाल
प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा नेता खनालले दलहरूबीच सहमति हुने कुनै सम्भावना नदेखिएकाले प्रक्रियामै जानुपर्नेमा जोड दिएका हुन् ।
अब पनि सहमतिको प्रयास गर्नु भनेको समयको दुरुपयोग गर्नु हो भन्दै उनले अब प्रक्रियामा जानुको विकल्प नभएको बताए ।
पूर्व प्रधानमन्त्री समेत रहेका एमाले नेता खनालले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदनलाई अब फेरि समितिमै फर्काउन नसकिने बताएका थिए ।
