समाचारशुक्रबार, पौष ४, २०७१

सरकारलाई सहयोग गर्नुपर्छः कमल थापा

हिमालखबर

Kamal-Thapaअध्यक्ष थापाले जनताको चाहना संविधान भएकाले आफ्नो पार्टी जन चाहनाबमोजिम संविधान निर्माणको लागि सरकारलाई सकारात्मक र रचनात्मक सहयोग गर्ने बताए ।

उनले विगतमा भएको १२ बुँदे सम्झौता तथा दोस्रो जनआन्दोलनबाट अवलम्बन गरिएको गलत मार्गचित्रले मुलुकलाई गन्तव्यविहीन बनाएको आरोप लगाए ।

नयाँ पुस्ता निर्माणमा गम्भीरतापूर्वक लाग्न विभागलाई निर्देशन दिँदै थापाले व्यक्ति र पार्टीगत स्वार्थभन्दा माथि उठेर देश र जनतालाई केन्द्रमा राखेर व्यवहार प्रदर्शन गर्न कार्यकर्तालाई आग्रह गरेका थिए ।

यसैबीच उनले संविधानमा सनातन हिन्दू राष्ट्र अनिवार्य लेखिनुपर्नेमा जोडसमेत दिए ।

पार्टी निकट युवा विद्यार्थी तथा खेलकुद समन्वय विभागले आयोजना गरेको भेलामा अध्यक्ष थापाले मुलुकमा करिब ८० प्रतिशत हिन्दू धर्मावलम्बी भएकाले उनीहरूको मनोभावना विपरीत संविधानमा धर्म निरपेक्ष कायम हुन नसक्ने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>