समाचारशुक्रबार, पौष ४, २०७१

छोराछोरी, भाइबहिनी सम्झेर नेपाल आएः सत्यार्थी

हिमालखबर

तस्वीर: अानन्दराम डंगाेल

तस्वीर: अानन्दराम डंगाेल

नोबेल शान्ति पुरकार प्राप्त गरेपछि पहिलो पटक नेपाल नेपाल आएका भारतका बालअधिकारकर्मी कैलाश सत्यार्थीले मेरा छोराछोरी र भाइबहिनी सम्झेर नेपाल आएको बताएका छन् ।

एपेक्स लाइफ स्कुलले काठमाडौंमा ४ पुसमा आयोजना गरेको कार्यक्रममा सत्यार्थीले भने, ‘‘मैले नोबेल पुरस्कार प्राप्त गरिसकेपछि विश्वभरबाट १० हजार बढी निमन्त्रणा आए तर पहिला मेरा छोराछोरी, भाइबहिनी सम्झेर नेपाल आएँ ।”

उनले बालबालिकाको हक अधिकार स्थापित गर्न गरेको प्रयासका कारण आफूले प्रसिद्ध नोबेल पुरस्कार पाएको बताए । उनले भने, ‘‘यो पुरस्कार विश्वभरिका बालबालिकाको लागि हो, बाल हित र अधिकारकै लागि मेरो प्रयास निरन्तर जारी रहनेछ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>