समाचारशनिबार, पौष ५, २०७१

नोबेल विजेता सत्यार्थी वाग्मती सफाइमा

हिमालखबर

बाग्मती सफाइ अभियानमा नोबेल विजेता कैलाश सत्यार्थी (सेतो कुर्ता)  र मुख्य सचिव लिलामणी पौडेल (हरियो ज्याकेट) । तस्वीर: रासस

बाग्मती सफाइ अभियानमा नोबेल विजेता कैलाश सत्यार्थी (सेतो कुर्ता) र मुख्य सचिव लिलामणी पौडेल (हरियो ज्याकेट) । तस्वीर: रासस

बाग्मती सफाई महाअभियानको ८४ शृङ्खलाअन्तर्गत टेकु पुल अगाडिदेखि सानेपा पुलसम्मको क्षेत्रमा भएको सरसफाइ कार्यक्रममा सहभागी सत्यार्थीले ‘वाग्मती आमा’को बाहिरी मात्र होइन भित्रमनैदेखि सफाइ गर्न आग्रह गरे ।

उनले भने, “तपाईँहरूले वाग्मतीको सेवा होइन, आफ्नै सेवा गर्नुभएको छ, पहिला फोहर फालेर पाप गर्नुभयो, अहिले सफा गरेर पुण्य कमाउँदै हुनुहुन्छ, म पनि बाहिरको पाहुना नभई यहाँकै हुँ ।”

मुख्यसचिव लीलामणि पौडेलले “म मेरो बासस्थान र कार्यालय वरिपरि र नदीनाला सफा राख्छु, वाग्मती नदीलाई सफा र स्वच्छ बनाउन निरन्तर लाग्नेछु” भनी शुरु गरेको सफाइ कार्यक्रममा सत्यार्थीले हातले फोहर उठाएर सहभागीलाई उत्साह प्रदान गरेका थिए ।

सफाइ अभियानमा काठमाडौँ महानगरपालिका, ललितपुर उपमहानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय क्लब, महिला समूह, विभिन्न सामाजिक सङ्घसंस्था, विद्यालयका विद्यार्थी एवम् सर्वसाधारणको उल्लेख्य सङ्ख्यामा सहभागिता थियो ।

satyarthi

तस्वीर: रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>