समाचारशनिबार, पौष ५, २०७१
ब्रोकर एशोसियसनमा रेग्मी
नेपाल ब्रोकर एशोसियसनको २० औं साधारणसभाले क्रिस्टल कञ्चनजंघा ब्रोकर कम्पनीका प्रियराज रेग्मीको अध्यक्षतामा आगमी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ ।
५ पुसमा काठमाडौंमा भएको साधारणसभाले उपाध्यक्षमा सरिता अधिकारी, महासचिवमा नितेश अग्रवाल, महासचिवमा दिनेश सापकोटा र कोषाध्यक्षमा रामकृष्ण तिवारी र पाँच कार्यसमिति सदस्य चयन गरेको हो ।
नेपालमा ५० स्टक ब्रोकर कम्पनी छन् । तिनै कम्पनीका सञ्चालकहरुबीचको चुनावबाट रेग्मी अध्यक्षमा चुनिएका हुन् । अघिल्लो कार्यसमितिमा उनी उपाध्यक्ष थिए ।
निर्वाचित भएपछि अध्यक्ष रेग्मीले नेपालको पूँजी बजारलाई अत्याधुनिक र विश्वसनिय बनाउने चुनौति रहेको बताए । पूँजी बजारमा नीतिगत र प्राविधिक सुधारको खाँचो रहेको उनको भनाइ थियो ।
