समाचारआइतबार, पौष ६, २०७१

‘याे देशकाे महाराज ओली होइनन्’

हिमालखबर

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्dahalयक्ष केपी शर्मा ओली राजनीतिका ठेकेदार र महाराज नभएको बताएका छन् ।

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई ज्ञापनपत्र बुझाएर निस्कने  क्रममा उनले ओलीप्रति आक्रोश व्यक्ति गरेका हुन् । ६ पुसमा संघर्षको कार्यक्रम गर्ने निर्णय गरेको १९ दलीय मोर्चाको तर्फबाट उनले नेम्वाङलाई ज्ञापनपत्र बुझाएका हुन् ।

दाहालले भने, ‘‘ओली यो देशको ठेकेदार र महाराज होइनन् ।’’ ५ पुसमा भएको तीन दलीय बैठकमा  ओलीले कडा अभिव्यक्ति दिएपछि दाहाल आक्रोशित देखिन्थे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>