समाचारशनिबार, आश्विन २७, २०६९

पुनःस्थापनाले सङ्कट समाधान हुँदैनः नेता गुरुङ

रासस

२७ असोजमा काठमाडौंमा आयोजित ‘नेपाली राष्ट्रियता र बिपी कोइराला’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले चार वर्षमा पनि संविधान निर्माण गर्न नसकेको संविधानसभाको पुनःस्थापनाको कुनै औचित्य नहुने बताए ।

एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै नेता गुरुङले सहमति गर्ने बेला विदेश भ्रमण गएर एमाओवादीले सहमति भाँड्न खोजेको आरोप लगाए ।

उनले पछिल्लो समयमा नेपाली कांग्रेसले बिपीको चिन्तनलाइ छाड्दै गएको गुनासोसमेत गरेका थिए ।

कार्यक्रममा सहभागी अर्का नेता विनयध्वज चन्दले बिपीको चिन्तनलाई आत्मसात् गर्दै अगाडि बढ्न कांग्रेस नेतृत्व हिच्किचाइरहेको टिप्पणी गर्दै मुलुकको निकासका लागि कांग्रेसले नेतृत्व गर्नुपर्ने समय आएको दाबी गरे ।

कार्यक्रममा संविधानविद् विपिन अधिकारी र इतिहासविद् रमेश ढुङ्गेलले बिपीको विचारका विषयमा कार्यपत्र प्रस्तुत गर्दै बिपीको विचार अहिले पनि सान्दर्भिक रहेको र पार्टीले बिपीको विचारलाई अवलम्बन गर्न सके मुलुकले निकास पाउने बताका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>