समाचारसोमबार, पौष ७, २०७१
उच्चस्तरको सहमतिले मात्र ८ माघमा संविधानः नेम्बाङ
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले दलहरूबीच सहमति भए मात्रै ८ माघमा संविधान जारी हुने बताएका छन् । ७ पुसमा संविधानसभा भवनमा पत्रकारहरूसँग कुरा गर्दै नेम्बाङले त्यसका लागि दलहरूबीच उच्चस्तरको एकता र सहमति आवश्यक भएको बताए ।
अघिल्लो संविधानसभामा २ जेठमा सहमति गरी १४ जेठमा संविधान जारी गर्न लागेको स्मरण गराउँदै उनले भने, “दलहरूले नसकेर होईन, सहमति नगरेर अल्झिरहेका हुन् ।”
उनले सहमतिका लागि दबाब दिन प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीसँग ७ पुसमा छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
कपिल भट्ट, काठमाडौं
