समाचारसोमबार, पौष ७, २०७१
एमाओवादीसहितका दलद्वारा आमहड्ताल घोषणा
एमाओवादी सहितको तीस दलले संविधान निर्माणका लागि दबाब दिने भन्दै आमहड्ताल गर्ने घोषणा गरेका छन् । सिंहदरबारमा ७ पुसमा बसेको तीस दलको संयुक्त बैठकले आमहड्ताल गर्ने निर्णय गरेको हो ।
संविधानसभाभित्र रहेका १९ र बाहिर रहेका ११ दलसहितको मोर्चाले जनप्रदर्शन, सभादेखि देशव्यापी आमहड्तालसम्म गर्ने जनाएको छ ।
१९ पुसमा ७५ जिल्लामा जनप्रदर्शन र सभा, २५–२९ पुसमा विभिन्न ठाउँमा र ५ माघमा देशव्यापी आमहड्ताल गर्ने मोर्चाले जनाएको छ ।
आमहड्तालकै क्रममा सरकारसँग वार्ता पनि जारी रहने एमाओवादी नेता बाबुराम भट्टराईले जनाएका छन् ।

