समाचारसोमबार, पौष ७, २०७१
नन्दप्रसादको अन्त्येष्टिको वातावरण बनाऊः आयोग
राष्ट्रिय मानवअधिकार आयोगले अनशनका क्रममा निधन भएका गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको तत्काल अन्येष्टि र काजक्रिया गर्ने वातावरण बनाउन निर्देशन दिएको छ । आयोगले ७ पुसमा आयोगले अधिकारीको अन्येष्टि र काजक्रिया गर्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको हो ।
छोरा कृष्णप्रसादका हत्यारालाई कारबाहीको माग राख्दै अनशनको क्रममा अधिकारीको ६ असोजमा निधन भएको थियो । उनी वीर अस्पतालमा ३३२ दिनसम्म अनशनरत थिए ।
नन्दप्रसादसँगै अनशनमा रहेकी उनकी श्रीमती गंगामायाले १ कात्तिक २०७१ मा अनशन तोडेकी थिइन् ।
यसअघि १० कात्तिकमा अधिकारीका छोरा सम्पर्कमा नआएको भन्दै सरकारले नन्दप्रसादको दाहसंस्कारको व्यवस्था गर्ने निर्णय गरेको थियो ।
रासस
