समाचारमंगलबार, पौष ८, २०७१
कांग्रेस–एमालेसँग मात्रै बस्दिनः दाहाल
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र एमालेका नेताहरुसँग मात्रै छलफलमा नबस्ने भनेपछि तीन दलको बैठक बस्न सकेन ।
८ पुस विहान प्रधानमन्त्री सुशील कोइरालासँग दाहालले तीन दलको बैठकले निकास नदिने भएकाले चार दलको बैठक बस्नुपर्ने माग राखेकाे दाहालका स्वकीय सचिव चुडामणि खड्काले बताए ।
दाहालको माग अनुसार ८ पुस दिउँसो चार बजे प्रधानमन्त्री निवास वालुवाटारमा मधेश केन्द्रित दलको मोर्चासहित प्रमुख दलहरुको बैठक बोलाइएको छ ।
५ पुसको बैठक बस्न नसकेपछि एमाओवादीसहितको मोर्चाले आन्दोलनको कार्यक्रम घोषणा गरिसकेको छ, भने सत्तारुढ कांग्रेस–एमालेले संवादका लागि आह्वान गरेको छ ।
