समाचारमंगलबार, पौष ८, २०७१
संविधानका लागि दवाव
संविधानका अन्तरवस्तुमा सहमति नभई दलहरू दुई धुर्वमा बाँडिएका बेला ८ माघमै संविधान जारी हुनुपर्ने माग गर्दै विभिन्न क्षेत्रबाट दवाव सुरु गरिएकाे छ ।
पेशागत सञ्जाल (पापड)ले ‘जनतासँग गरेको वाचा नतोडौं’ भन्दै ८ पुसमा दवाव कार्यक्रमको आयोजना गरेको छ ।
यस्तै, नेपाल पत्रकार महासंघको संयोजनमा पापड आबद्ध संस्था नेपाल चिकित्सक संघ, नेपाल बार एशोसिएसन, नेपाल ईन्जिनियर्स एशोसिएसन, नेपाल शिक्षक यूनियन र नेपाल प्राध्यापक संघले संयुक्तरुपमा दवाव कार्यक्रम गरेका हुन् ।
नयाँबानेश्वरस्थित संविधानसभा छेऊमा दवाव कार्यक्रमको आयोजना गरिएको हो । दवाव कार्यक्रम स्वरुप ८ पुस बिहान साँढे १० बजेदेखि १ घण्टा धर्ना दिएका हुन् ।
दवाव कार्यक्रममा वक्ताहरुले निर्धारित समय ३० दिन मात्रै बाँकी रहेको भन्दै समयमै लोकतान्त्रिक संविधान दिन दलहरूलाई सचेत गराए ।
कपिल भट्ट, काठमाडौं
