समाचारमंगलबार, पौष ८, २०७१
विद्यार्थीहरुले निकाले निद्रा जुलुस
८ माघमै संविधान जारी गर्न विभिन्न दवावमुलक कार्यक्रम गर्दै आएको विद्यार्थी संगठनहरुले निद्रा जुलुस प्रदर्शन गरेका छन् ।
संविधान जारी गर्न निर्धारित मिति आउन एक महीना बाँकी रहँदा ८ पुसमा विद्यार्थीहरुले निद्रा जुुलुस निकालेका हुन् । ११ विद्यार्थी संगठनबाट ६०१ जना विद्यार्थीले संविधानसभा भवन नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म जुलुस निकालेका हुन् ।
समयमै संविधान जारी गर्न सभासदहरुलाई अव ब्युझेर संविधान लेख भन्ने सांकेतिक विरोध गर्न निद्रा जुलुस निकालिएको अखिलका सचिव भक्तकुमारी लामाले बताइन् ।
