समाचारमंगलबार, पौष ८, २०७१
‘अजेण्डा स्थापित गर्न आन्दोलन होइन जनमत संग्रह गरौं’
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो अजेण्डा स्थापित गर्न आन्दोलन नभई जनमत संग्रहमा जानुपर्ने बताएका छन् ।
रौतहटको चन्द्रनिगाहपुरमा ८ पुसमा आयोजित कार्यक्रममा उनले जनताको रोजाई बुझ्न जनमत संग्रहमा आउन एमाओवादीलाई चुनौती दिए । थापाले भने, ‘‘अजेण्डा स्थापित गर्न आन्दोलन होइन, जनमत संग्रहमा एमाओवादी जानुपर्छ ।’’
निर्धारित ८ माघमै संविधान बन्नुपर्ने पक्षमा राप्रपा नेपाल रहेको भन्दै उनले भने, ‘‘सवै धर्मलाई समेटेर सनातन हिन्दू राज्य बनाउन लागि परेका हौं ।’’
