समाचारमंगलबार, पौष ८, २०७१
बैंककमा अपहरित नेपाली युवाहरुकाे सकुसल उद्वार
थाइल्याण्डको बैंककमा नेपाली युवाहरुकाे अपहरण गर्न नेपालीकै संलग्नता रहेकाे अाशंका गरिएकाे छ ।
५ पुसमा अपहरणमा परेका तीन नेपाली युवालाई अाज (८ पुस) नेपाल प्रहरीकाे केन्द्रिय अनुसन्धान ब्यूराे (सीअाईबी) र बैंकक प्रहरीकाे संयुक्त टाेलीले मुक्त गराएकाे छ ।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालका अनुसार दुवै देशका प्रहरीले अपहरित नेपाली युवाहरुलाई अपहरण मुक्त गराएकाे हाे ।
अपहरणमा पर्नेमा प्राध्यापक कृष्ण हाछेथुका छोरा पनि रहेका छन् । हाछेथुका अनुसार छोरालाई सकुसल उद्धार गरेको बैंकक प्रहरीले जानकारी दिएको छ ।
हाछेथुले भने, ‘‘घटनाको अन्य विवरण थाहा हुन सकेको छैन, त्यहाँका प्रहरी प्रमुखसँग कुरा भयो । अनि छोरासँग पनि कुरा गर्दा ठीक छु भनेको छ ।’’
अपहरणमा नेपालीकै संलग्नता रहेकाे अाशंकामा अनुसन्धान अघि बढाइएकाे प्रहरीले जनाएकाे छ । अपहरणको कारण बारेमा खुल्न सकेको छैन ।
