समाचारमंगलबार, पौष ८, २०७१

ओली बिनाको बैठकमा नबस्ने भन्दै एमाओवादी नेताहरु फेरि फर्किए

हिमालखबर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिनाको छलफलमा नबस्ने भन्दै एमाओवादी र मधेश कन्द्रित मोर्चाका नेताहरु फेरि फर्किका छन् ।

८ पुस दिउँसो चार बजेका लागि बोलाइएको बैठकमा ओली नआएको भन्दै उनीहरु फर्किएका हुन् । मधेस केन्द्रित मोर्चाका नेताबिना कांग्रेस र एमालेसँग मात्रै छलफलमा नबस्ने भन्दै एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल विहान वालुवाटारबाट फर्किएका थिए ।

दाहालकै माग अनुसार साँझ बाेलाइएकाे बैठकमा ओली ढिलाेगरी अाएपछि एमाओवादी र मधेश केन्द्रित दलका नेताहरु फर्किएका हुन् । चार बजेका लागि बाेलाइएकाे बैठकमा पार्टी उपाध्यक्ष बामदेव गौतमलाई छलफल गर्दै गर्नु भनेर ओली प्रेस चौतारीको कार्यक्रमका लागि काठमाडौंस्थित तीनकुने पुगेका थिए ।

चौतारीको कार्यक्रम सकेर ओली वालुवाटार पुग्दा कांग्रेस र एमालेका अन्य नेताहरु मात्रै बाँकी थिए । छलफल ९ पुसमा समय मिलाएर बोलाइने भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>