समाचारबुधबार, पौष ९, २०७१
घटेको गाडी भाडा आजदेखि लागू
सार्वजनिक यातायातका साधनको घटेको भाडादर ९ पुसदेखि लागू भएको छ । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै यातायात भाडादर एक प्रतिशत घटाउने सरकारको निर्णय ९ पुसदेखि लागू भएको हो ।
यातायात व्यवस्था विभागको सिफारिशमा सरकारले १ देखि २.७३ प्रतिशतसम्म यातायात भाडा घटाउने निर्णय गरेको हो ।
नयाँ भाडादर अनुसार यात्रुबाहक सवारी साधनमा एक प्रतिशत, ढुवानीतर्फ तराईमा चल्ने ट्रक तथा कन्टेनरमा २.०७ प्रतिशत र पहाडमा चल्नेमा २.७३ प्रतिशत भाडा घटेको छ ।
