समाचारबुधबार, पौष ९, २०७१
सहमति भए निमावली संशोधन गरेर संविधानः नेम्वाङ
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले दलका नेताहरूबीच सहमति भए नियमावली संशोधन गरेर भएपनि निर्धारित मितिमै संविधान जारी गर्न सकिने बताएका छन् ।
नेपाल पत्रकार महासङ्घले काठमाडौंमा ९ पुसमा गरेको ‘राष्ट्र निर्माणमा सञ्चारमाध्यमको भूमिका’ विषयक गोष्ठीमा उनले दलहरूबीच सहमति भएमा संविधान ८ माघमा नै आउने सम्भावना रहेको बताए ।
नेम्वाङले भने, “दलहरू २४ घण्टा खटेर संविधानका विवादित विषयमा सहमति प्रयास गर्नुस्, तोकिएको मितिमै संविधान जारी गर्न सकिन्छ ।”
