समाचारशनिबार, आश्विन २७, २०६९
संविधानसभा पुनःस्थापना हुन सक्दैन: एमाले
पार्टी कार्यालय बल्खुमा २७ असोजमा बसेको एमाले बैठकले नयाँ जनादेशमा जाने यसअघिको निर्णयलाई दृढतापूर्वक कार्यान्वयन गर्ने तथा पुनःस्थापनाको पक्षमा कुनै गतिविधि नगर्न पार्टी पङ्क्तिलाई निर्देशन दिने निर्णय गरिएको सचिव युवराज ज्ञवालीले जानकारी दिए ।
पछिल्लो समयमा एकीकृत नेकपा माओवादीले संविधान सभाको पुनःस्थापनाका लागि विभिन्न दलहरुसँग वार्ता चलाईरहेका बेला पार्टीको धारणा स्पष्ट पार्न बसेको एमाले स्थायी कमिटीले संविधान सभाको पुनःस्थापन असम्भव भनेको हो । नेपाली कांग्रेसका केही पूर्व सभासद्हरुले पनि पुनःस्थापनाका पक्षमा लबिङ् गर्दै आएका छन् ।
त्यस्तै बैठकले केही दिनअघि एमाले पार्टी परित्याग गरी नयाँ पार्टी गठन गर्ने घोषणा गरेका पार्टी उपाध्यक्ष अशोक राई, विजय सुब्बालगायतका नौ जना जनजाति र मधेशी नेताहरूको साधारण सदस्यता खारेज गरेको छ ।
