समाचारबिहीबार, पौष १०, २०७१
प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
प्रधानमन्त्री सुशील कोइराला र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा १० पुसमा भएको भेटवार्तामा निर्धारित समयमा संविधान जारी गर्न बोलाइने दलीय वार्ता र संवादलाई उपलब्धिमूलक बनाउने विषयमा कुराकानी भएको हो ।
भेटपछि ओलीले ८ माघमा संविधान जारी गर्न दलहरुसँग विश्वासको वातावरण बनाउने र संविधानका विवादित विषयमा छलफल गरी समाधान निकाल्न प्रयास गर्ने विषयमा छलफल भएको बताए ।
उनले भने, “हामी लचिलो छौँ, तर देश र जनताका लागि दूरगामी अहित हुने कुरा स्वीकार्य हुँदैन, हामीबीच उपयुक्त प्रस्ताव विपक्षीबाट आएमा स्वीकार गर्ने भन्ने सहमति भयो ।”
उनले विश्वासको वातावरण बनाउन एक पक्षीय र दुई पक्षीय भेटवार्ता शुरु गर्नेे चार दलबीचको समझदारीअनुसार प्रधानमन्त्रीसँग छलफल भएको बताए ।
भेटवार्तामा सरकार सञ्चालन, विकास निर्माण, सुशासन लगायतका विषयमा पनि छलफल भएको छ ।
रासस
