समाचारबिहीबार, पौष १०, २०७१

निक्षेपकर्ताको रकम ठगी गर्ने सहकारीका लेखा प्रमुख पक्राउ

हिमालखबर

अग्नीज्वाला बचत तथा ऋण सहकारी संस्थाका संस्थापक उपाध्यक्ष एवम् लेखा प्रमुख मधुसुदन कँडेल पक्राउ परेका छन् । निक्षेपकर्ताको रकम ठगी गरेको आरोपमा उनलाई ९ पुसमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ठगी अपराध अन्तर्गत उनलाई कुलेश्वरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । काठमाडौंको कुलेश्वरमा बस्दै आएका काभ्रे खरेलथोक–२ का उनीविरुद्ध निक्षेपकर्ताले रकम हिनामिना गरेको उजुरी गरेका थिए ।

उनले रु.२९ लाख ५० हजार रकम निक्षेप रकम गठी गरेको आरोप छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>